साताको पहिलो दिन तथा चालु आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजार सकारात्मक देखिएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ९७ दशमलव २१ अंकले बढेर २९८० दशमलव ६१ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ३ दशमलव ६१ प्रतिशतले बढेर ५६० दशमलव ९६ अंकमा बन्द भएको छ ।
आइतबार २ सय २१ कम्पनीको एक लाख १६ हजार २९४ पटकको व्यापारमा २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयरको खरिदबिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसा बराबरको कारोबार भएको छ ।
३ दशमलव ३७ प्रतिशतले बढेको बजारमा एक सय ७५ कम्पनीको शेयर मूल्य बढ्दा आठ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।





















प्रतिक्रिया