काठमाडौं । एम अधिकारीको नाममा छद्म भेसमा एमालेको अर्थ विभागमा रहेका व्यक्ति आफूले पहिचान गरेर ल्याएको दाबी गर्दै कारबाही गर्न माओवादी केन्द्रका सांसद गजेन्द्र हमतले माग गरेका छन् ।
उनले एमालेको अर्थ विभागमा एम अधिकारी भनेर रहेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै रहेको आफूले प्रमाणित गरेको दाबी गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नै रहेको प्रमाणित गर्न आफूले धेरै मिहिनेत गरेको पनि बताए ।
एम भनेको मनी र अधिकारी भनेको अधिकार भएको व्यक्ति भएकोले नेपालको मनी अर्थात् ढुकुटीमा अधिकार भएको व्यक्ति गभर्नर अधिकारी नै एम अधिकारी रहेको उनको दाबी छ ।
महतले आफूले मिहिनेत गरेर एम अधिकारीलाई प्रमाणसहित खोजेर ल्याएकोले अब कारबाही गर्न माग गरे ।




















प्रतिक्रिया