Logo

प्रमुख समाचार

जनार्दन शर्मालाई उन्मुक्ति दिने प्रतिवेदन नमान्ने केपी ओलीको घोषणा



एमालेका अध्यक्ष केपी ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनअमान्य रहेको बताएका छन् । राष्ट्रिय युवा संघले शनिबार गरेको कार्यक्रममा ओलीले बहुमत र अल्पमतको आधारमा ल्याइएकोसमितिको प्रतिवेदन मान्न नसकिने बताए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११सदस्यीय संसदीय समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएको थियो । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘११ जनाको समिति बनाउने, ७ जनाआफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ ओलीले प्रश्न गरे । ओलीले समितिको रिपोर्ट तथ्यमा आधारित नभएकीले त्यसलाईमान्न नसकिने बताए । ओलीले समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएकोओलीले बताए । ७ जना आफ्ना मानिस राखेर बहुमत र अल्पमतका आधारमा प्रतिवेदन पेश भएकाले जनताले अस्वीकार गर्ने उनकोभनाइ थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार ००:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।