Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर शनिवार नेपाल आउँदै



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिवार नेपाल आउँदै छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकर शनिवार साँझ नेपाल आइपुग्ने बताएको हो ।

केन्या भ्रमणका लागि मुख्य प्रशिक्षक प्रभाकर नेपाल आउन लागेका हुन् । भ्रमणका लागि नेपाली टोली बिहीबार नै होटल हायात प्यालेसमा पुगिसकेको छ । नेपालले केन्यासँग पाँच टि–२० आई र तीन एकदिवसीय अभ्यास खेल खेल्ने तालिका छ ।

टि–२० आई सिरिज २५ अगष्टदेखि हुनेछ । एक दिवसीय सिरिज भने सेप्टेम्बर २ बाट सुरु हुनेछ । भारतीय पूर्व अलराउन्डर प्रभाकरलाई क्यानले केही दिन अघि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १८:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।