Logo

प्रमुख समाचार

एमाले कसैको बुइ चढेर चुनाव लड्दैन : प्रदीप ज्ञवाली



नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने दोहोराएका छन् ।

सोमबार प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका हुन् ।

यद्यपि, मुद्दा मिल्नेसंग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ । स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरुसंग एकता हुनसक्ने उनले बताए ।

एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ । त्यो पनि जनादेशको हो, परमादेशबाट होइन, उनले भने ।

चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालिन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताए । प्रदेश संख्या बढाएर १४ पुर्‍याउनुपर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरुसमेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे ।

फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरे । विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भएपनि अन्य विषयमा थप छलफल गरेर त्रुटी सच्याउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १७:२०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।