Logo

खेलकुद

एमबापेको ह्याट्रिकमा पीएसजीको जित



एजेन्सी/पेरिस । केलियन एमबापेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वानमा लिललाई ७-१ को फराकिलो गोलअन्तरले हराएको छ ।

पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीका लागि नेयमारले दुई गोल गरे भने लियोनल मेसी र अचरफ हाकिमीले एक एक गोल गरे ।

लिलमाथि पीएसजीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोलअन्तरको जित हो । तीन खेलबाट नौ अंकसहित पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार ०६:३४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।