Logo

खेलकुद

रोमाको जित, रोकियो युभेन्ट्स



काठमाडौं । इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ ।

सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन । बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा  छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ ।

यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो । रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो । 

क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो । लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।