काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी–ट्वान्टी सिरिज निर्धारित तालिका अनुसार नै हुने भएको छ । भिसा समस्याको कारण नेपालका पूर्ण टोली केन्या नपुग्दा पहिलो टी–ट्वान्टी निर्धारित तालिकामा हुनेमा आशंका गरिएको थियो ।
तर, नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले टी–ट्वान्टी सिरिजको खेलहरु निर्धारित तालिका अनुसार नै जानकारी गराए । पाँच खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेल भोलि बिहीबार हुने तालिका रहेको छ ।
भिसा समस्याका कारण ५ खेलाडी केन्या जान पाएका थिएनन् । यद्दपी कप्तान सन्दीप लामिछाने सहितका ११ जना खेलाडी भने केन्या पुगिसकेका छन् ।कार्यबाहक सचिव मल्लले थप दुई खेलाडी सोमपाल कामी र विवेक यादवको भिसा आएर उनीहरु केन्या प्रस्थान गरिसकेको जानकारी समेत गराए ।
ुअन्यका लागि प्रकृया जारी रहेको उनले बताए । पहिलो चरणमा केन्या पुगेका ११ खेलाडीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद , पवन सरार्फ र किशोर महतो छन् । यस्तै, केन्या पुग्न बाँकी खेलाडीमा आदिल अन्सारी, सोमपाल कामी, बसिर अहमद, साहब आलम र विवेक यादव रहेका छन् ।




















प्रतिक्रिया