काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे । ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा समेटिए । आदील अन्सारी २ रनमा अविजित रहे ।
केन्याका लुकास ओलुओच र भिराज पटेलले २र२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
जितसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् । अब नेपालले भोलि शुक्रबार दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ ।




















प्रतिक्रिया