काठमाडौं । इंग्लिस प्रमियर लिगमा लिभरपुलले सिजनको पहिलो जित निकाल्दा गोल वर्षा गरेको छ । चौंथो खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले बर्नेमाउथमाथि ९.० को फराकिलो जित निकाल्यो ।
पहिलो हाफमा ५.० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । सुरुवातबाटै एकपछिय अग्रता बनाएको लिभरपुलले तेस्रो मिनेटमानै लुइस डियाजको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
लिभरपुलको फराकिलो जितमा रोबर्टो फिर्मिन्हो र लुइस डियाजले समान २(२ गोल गरेका थए । यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक–एक गोल गरेका थिए । बर्नेमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल उपहार दिएका थिए ।
जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहँदा पराजित बर्नेमाउथ ३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।




















प्रतिक्रिया