नेकपा एमालेका नेता महेश बस्नेतलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको जुहारी भारी परेको छ । एमाले पार्टीकै कार्यकर्ताहरुले समेत महेश बस्नेतको विरोध गरिरहेका छन् ।
चुनावको मुखमा महेश बस्नेतको पाराले सिंगै पार्टीलाई असर गर्ने भन्दै एमालेका कार्यकर्ताहरुले त्यसरी प्रस्तुत नहुन उनलाई सुझाव दिएका छन् । बस्नेतलाई कुनै सरोकारनै नभएको विषयमा समेत हात हालेर पार्टीलाई नै बदनामा गराउन खोजेको भन्दै एमालेकै कार्यकर्ताहरु उनिसँग रुष्ट बनेका हुन् ।
एमाले भित्र सालिन नेताको परिचय बनाएका उपमहासचिव प्रदिप ज्ञवालीले खुलेरै बालेनलाई साथ दिएका छन् । कानुन मिचेर बनाइएका अवैध संरचना हटाउनै पर्ने भन्दै ज्ञवालीले यो काम बालेनले राम्रो गरेको र सबैले साथ दिनु पर्ने बताइरहेका बेला बस्नेत भने बालेनसँग जुहारी खेलिरहेका छन् ।
एमालेबाटै उपप्रमुखको उमेदवार बनेर काठमाडौं महानगरपालिकाको उपमेयर बनेकी सुनिता डंगोलले विज्ञप्तीनै जारी गरेर आफ्नो पूर्ण रुपमा साथ र समर्थन बालेनलाई रहेको भनेकी छन् । तर महेश बस्नेत भने आफूलाई सरोकारनै नभएको बिषयमा समेत बालेनसँग जुहारी खेलिरहेका छन् ।
बालेनका समर्थकहरु त उनीसँग आक्रोसित हुने नै भए आफ्नै पार्टी नेकपा एमालेका कार्यकर्ताहरुको समेत साथ नपाउने अवस्थामा उनी पुगेका छन् । बालेन सँगको जुहारीले बस्नेतलाई चुनावमा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ । अवैध संरचनामा डोजर चलाउदा बस्नेतको किन टाउको दुखेको हो हामीलाईनै अचम्म लागेको छ, एक एमाले नेताले भने ।
महेश बस्नेत पूर्व मन्त्री र एमालेको पोलिटव्यूरो सदस्य समेत हुन् उनले मेयर बालेन शाह र उनका समर्थकहरुलाई प्रयोग गरेका कपिपय शब्दहरु यस्ता समेत रहेका छन् जुन शब्द उनी जत्तिको व्यक्तित्वले प्रयोग गर्ने बारेमा कल्पना समेत पनि गर्न सकिँदैन । एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिने बस्नेतले आफ्नो आवेग नियन्त्रण गर्न नसक्दा सिंगो पार्टिलाई असर पर्न सक्ने चिन्ता पनि एमाले नेता कार्यकर्ताले गरेका छन् ।
बस्नेतले मेयर शाहलाई विकास हेर्न दुई चार सय फेसबुके फ्यानहरु लिएर भक्तपुर आउन चुनौतिनै दिएका छन् । बस्नेतको एउटा स्टाटसमा कमेन्ट गर्नु बाहेक त्यसपछि बालेनले केहि पनि प्रक्रिया दिएका छैनन् तर बस्नेत भने लगातार स्टाटस लेख्ने, बालेनकै विरुद्ध मिडियामा गएर अन्तवार्ता दिने देखि भाषणमा समेत बालेन विरुद्ध बोल्ने गरिरहेका छन् ।
बस्नेत किन यति धेरै बालेन विरुद्ध हात धोएर लागेका छन् भन्ने बुझ्न नसकिए पनि अल्फाविटाका संचालक द्धिराज शर्मासँग उनको तस्बिर सामाजिक संजालमा भाइरल भए पछि उनी तातेका थिए । एउटा व्यक्तिका कारण पार्टीनै बदमान हुन सक्ने चिन्ता पनि धेरैले गरेका छन् । कतिपय समाजिक संजाल प्रयोगकर्ताहरुले उनका विगतका कुराहरु पनि जोडेर प्रचार गरिरहेका छन् ।
चुनावको मुखमा उमेदवार हुने नेतालाई यो लेभलको प्रचारवाजीले ठूलै असर गर्न सक्ने देखिन्छ तर पनि महेश बस्नेत भने बालेनलाई विकास हेर्न भक्तपुर आउनु भन्ने गफ दिएरै आत्मरतिमा रमाइरहेका छन् । बालेनसँगको जुहारी उनलाई निकै महंगो पर्ने विश्लेषण र चर्चा राजनीतिक बजारमा सुरु भएको छ ।




















प्रतिक्रिया