काठमाडौं । नेपाल र केन्याबीचको अन्तिम तथा निर्णायक टी–२० खेल आज (मंगलबार) हुँदैछ । यसअघिका चार खेलमध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ ।
आजको खेल जित्नेले शृंखला जित्नेछ । खेल केन्याकाे नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
चौथो खेलमा नेपालसामू शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको थियो । पहिलो र तेस्रो खेल नेपालले जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको थियो ।
अब अन्तिम खेल जित्दै शृंखला जितेमा नेपाल आईसीसीको वरीयतामा यथावत रहनेछ । पराजित भएमा रेटिङ अंङ्क घट्नेछ र वरीयतामा अझ पछि पर्नेछ । त्यसैले अन्तिम खेल नेपालका लागि महत्वपूर्ण छ ।




















प्रतिक्रिया