काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो ।
समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।
समितिका जेष्ठ सदस्य राम बहादुर विस्टका अनुसार हिजो ४ प्रश्नको वरिपरि बयान लिइएको थियो । बाँकी आज सोधिने उनले बताए ।
जबराविरुद्ध संविधान–कानूनको गम्भीर उल्लंघन र गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको, कार्यक्षमताको अभाव र खराब आचरण तथा इमानदारीपूर्वक जिम्मेवारी पूरा नगरेको र भाग खोजेको जस्ता आरोप लागेको छ ।




















प्रतिक्रिया