Logo

प्रमुख समाचार

आरजु देउवा कैलाली– ५ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस



कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम नेपाली कांग्रेसले कैलाली– ५ बाट सर्वसम्मत सिफारिस गरेको छ । कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजु राणा देउवा प्रतिनिधिसभामा सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी यस अघि पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी राणा फेरी रानासँगै चुनावी मैदानमा उत्रिने भएकी हुन् ।

त्यसै गरी संघीय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । उनी अघिल्लो पटक एमाले उम्मेदवार नेपालु चौधरीसँग प्रत्यक्षमा पराजित भएकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १३:१६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।