Logo

राजनीति

काठमाडौं– ७ ‘ख’ प्रदेशसभा सदस्यमा कांग्रेसबाट सबिन तामाङको दाबी



काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रदेशसभा ‘ख’बाट सबिन तामाङले दाबी पेश गरेका छन् । उनले आफू यस क्षेत्रबाट उम्मेदवारका लागि योग्य रहेको भन्दै पार्टीमा नाम दर्ता गराएका छन् ।

प्रदेश समिति मार्फत नाम दर्ता गराएका तामाङले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । २०५५ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनले नेविंघमा रहेर लामो समय पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेता तामाङ राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् । उनले नेविसंघ आरआरको सभापति, नेविसंघ केन्द्रीय सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंको जिल्ला सदस्य हुँदै अहिले काठमाडौं ७ बाट महाधिवेशन प्रतिनिधि र बागमती प्रदेश सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १९:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।