सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् । कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने र जित्ने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु शनिबारको बैठकमा प्रस्तुत हुने उनले बताए ।
शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले अर्को गठबन्धन बनाउने अवस्थामा नरहेको र यही गठबन्धनबाट स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जाने गरी लागिपरेको बताएका छन् ।




















प्रतिक्रिया