Logo

प्रमुख समाचार

कांग्रेस युवा नेता पौडेल काठमाडौं– ७ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–७ मा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता दक्ष पौडेल सिफारिस भएका छन् । भदौ १८ गते सम्ममा प्रतिनिधिसभा सदस्यको नामवली पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय परिपत्र अनुसार क्षेत्रले आज (शुक्रबार) पत्यक्षतर्फ पौडेलको नाम सिफारिस गरेको हो ।

लोकप्रिय युवा नेता पौडले राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसहअध्यक्ष समेत हुन् । बागलुङ नगरपालिका १२ अमलाचौरमा राजनीतिक परिवारमा जन्मिएका पौडेल सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशिल रहेका छन । पौडेलले नेपाली कांग्रेसका सन्तनेता कृष्ण प्रसाद भट्टराईसँग पनि लामो समय सहकार्य गरेर काम गरेका थिए । पौडेल २०४३ सालदेखि २०४९ सालसम्म कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए ।

आफ्नो उम्मेदवारी राष्ट्रलाई आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरण गरि समृद्ध बनाउन रहेको पौडेलको भनाइ छ । उनले विश्वभर फैलिएको प्राणघातक रोग कोभिड १९ को संक्रमणको बेला काठमाडौं, बागलुङलगायत देशका विभिन्न जिल्लाहरुमा विरामीको उपचारमा सहयोग, अस्पतालमा अक्सिजन ग्यास, कोभिडका विरामीको उपचारमा सहयोग लगायतका काम गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १५:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।