Logo

प्रमुख समाचार

काठमाडौं–६ मा कांग्रेसबाट भीमसेन दास प्रधान र सबुज बानियाँको नाम सिफारिस



काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर–६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो ।

प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका सांसद हुन् । कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।

यस्तै बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १६:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।