Logo

प्रमुख समाचार

स्वर्णिम वाग्ले चितवन–१ बाट उम्मेदवार सिफारिस



चितवन । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई चितवन– १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ ।

काँग्रेस क्षेत्रीय समितिले अर्थशास्त्री वाग्लेसहित ६ जनाको नाम सिफारिस गरेको हो । वाग्ले अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ हुन् । अष्ट्रेलियाको नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तराष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।

उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्बन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनी २०४६ सालको एसएलसीका बोर्ड सेकेण्ड पनि हुन् ।

वागले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० को एशिया प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकारका रुपमा अमेरिकाको न्यूयोर्कमा कार्यरत थिए । काँग्रेस क्षेत्र नम्बर–१ चितवनका क्षेत्रीय सभापति किरणभूषण ओलीले वाग्लेसहित ६ जनाकै नाम समान हैसियतमा सिफारिस गरिएको बताए ।

उनले जिल्ला कार्यसमितिलाई पठाएको सिफारिस पत्रमा सबैलाई समान हैसियतमा उम्मेदवार सिफारिस गरेर पठाइएको छ भन्ने व्यहोरो उल्लेख गरिएको बताए ।

वाग्लेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाको जाम उम्मेदवारमा सिफारिस गरिएको ओलीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १५:३१   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।