काठमाडौं । स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले लगातार चौथो जित निकालेको छ । घरेलु टोली रियलले गएरातिको खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै लगातार चौथो जित निकालेको हो ।
सान्टियागो बर्नाबेउमा भएको खेदमा रियललाई जित दिलाउन भिनिसीयस जुनियर र रोड्रिगोले एक/एक गोल गरे । बेटिसका सेर्जियो कानालेसले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सेर्जियोले बेटिसलाई १–१ को बराबरीमा ल्याए ।
६५ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै ४ खेलमा १२ अंक जोडेको रियल शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको बेटिस समान खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा बार्सिलोनले सेभिया तथा सेल्टा भिगोले कार्डिजलाई समान ३–० ले पराजित गरे । त्यस्तै, एथलेटिको मड्रिडले रियल सोसिडाडा तथा मालोर्काले जिरोनासँग १–१ को बराबरी खेले ।




















प्रतिक्रिया