काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्म ‘प्रकाश’प्रति शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन् । राजनीतिक पूर्वाग्रह साँधेर यो फिल्म निर्माण गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिंदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए ।
जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ ।
स्वयं पनि माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहींका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । तर फिल्ममा देखाइएजस्तो समावेशिता र गरिबीको कुराप्रति आफ्नो ऐक्यबद्धता रहेको उनको भनाइ छ ।





















प्रतिक्रिया