Logo

खेलकुद

केन्यासँगको अन्तिम एक दिवसीय क्रिकेटमा नेपाल बलिङ गर्दै



काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।

नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ ।

तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३-२ ले जितेको थियो ।

यो समाचार तयार पार्दासम्म चार ओभरमा केन्याले १८ रन बनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।