Logo

प्रमुख समाचार

७० हजार भोट ल्याएर चुनाव जित्छु भन्ने गोकुल बास्कोटा काभ्रे २ बाट सिफारिस



काभ्रे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फको उमेदवारमा एकल सिफारिस भएका छन् ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला संचारमन्त्री भएका बास्कोटाले ७० करोडको बात लागेपछि राजिनामा दिएका थिए । आफूमाथि ७० करोडको चार्ज धरैनै लागेपछि बास्कोटाले फेरि पनि काभ्रेबाट ७० हजार भोट ल्याएर चुनाव जित्ने बताउदै आएका छन् ।

बास्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो । आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले पार्टीका बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो । बास्कोटा २०७४ मा यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्यसै गरी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

नेपाली कांग्रेसले यस क्षेत्रबाट गृहमन्त्री बालकृष्ण खाण, यसअघि पराजित युवराज गिरी, अधिवक्ता गोकर्ण पौडेल र कृष्ण पोखरेलको नाम सिफारिसगरेको छ । नेकपा एकीकृत समाजवादीले नेता राजु गुरुङको नाम एकल सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट नेता विनोद पहाडी र वामदेव क्षेत्री आकांक्षी भए पनि अझै कुनै निर्णय भएको छैन । माओवादीको बैठक आइतबार बसिरहेको छ । पौडेलले पछिल्लो समय गठबन्धनको घोर विरोध गर्दै आएका छन् । एमालेसँग एक्लै चुनाव लड्न हिम्मत नहुनेहरुले गठबन्धन गरिरहेको कटाक्ष पौडेलले गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १३:१४   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।