नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा -५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप -५ का एमाले इन्चार्ज होम थापाले बताए ।
ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।
यस्तै पार्टी नेतृत्वको नीति विरुद्ध उभिँदै आएका एमाले नेता भीम रावल अछाम क्षेत्र नं १. बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
पार्टीको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावल २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकमा बसेका उनी २०५१ र २०७० मा निर्वाचित भएका थिए ।
अछाम क्षेत्र नम्बर २ मा पनि यज्ञ बोगटीको नाम सर्वसम्मत सिफारिस भएका छन् ।




















प्रतिक्रिया