काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको आयु नलम्ब्याउने बताएका छन् । प्रचण्डले यसबारे गठबन्धन दलमा सहमति भइसकेको बताए ।
मंगलबार बिहान धनगढी पुगेका उनलेले आजै यो प्रस्ताव फिर्ता हुनेसमेत बताए । ‘आयु लम्ब्याउन हुँदैन भनेर गठबन्धनमा बसेर छलफल भएको छ । एकदिन पनि यताउता गर्नु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मनोनयनपछि संसद रहँदैन । एकदम क्लियर छ त्यहाँ द्वविधा हुनै पर्दैन’, प्रचण्डले भने ।
प्रचण्डले केही टेक्निकल कारणले प्रतिनिधिसभाको म्याद थप्न खोजिए पनि अब दुविधामा पार्न नहुनेमा सहमत भएको बताए । ‘बिचमा केही टेक्निकल कारणले संसद लम्ब्याउने कि भनेर प्रमुख सचेतकहरूले सोच्नुभएको रहेछ । गठबन्धन बसेर यसरी सोच्नु हुँदैन । कहीँ इफ, बट हुन दिन हुँदैन । ४ गते निर्वाचन हुन्छ त्यहाँ भन्दा अगाडि केही काम कन्फ्यूजन पैदा गर्ने गरी गर्नुहुँदैन भन्ने भइसकेको छ’, प्रचण्डले भने, ‘सायद आजै प्रस्ताव फिर्ता हुन्छ ।’
सरकारले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ मार्फत प्रतिनिधिसभाको आयु लम्बयाउन खोजेपछि आलोचना भइरहेका थियो भने सरकारको यो कदममा निर्वाचन आयोगले समेत असहमति जनाएको थियो ।
याे पनि
सिट बाँडफाँट आज टुंगिन्छ, भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिन्छौं : प्रचण्ड




















प्रतिक्रिया