Logo

खेलकुद

सन्दीप लामिछानेको विषयमा निर्णय लिन क्यानको बैठक बस्दै



काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे निर्णय लिन बैठक बोलाएको छ । सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ ।

बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा अनाैपचारिक छलफल चलिरहेको छ । सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले पटक पटक बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

सो बारेमा छलफल गर्न क्यानको बैठक बस्न लागेको हो । भक्तपुरको विभिन्न स्थानहरुमा घुमाएर काठमाडौं ल्याई राति ११ बजेर ५५ मिनेटको समयमा काठमाडौंको पिंगालस्थानस्थ्ति एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

सन्दीप नेपाली टिमको कप्तानी गर्दै भदौ ६ गते टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्न केन्या प्रस्थान गरेका थिए । त्यसअघि भदौ ५ गते राति आफूमाथि सन्दीपले जबरजस्तीकरणी गरेको पीडित बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् । सन्दीपलाई क्यानले गत वर्षको मंसिर २९ गते कप्तान नियुक्त गरेको थियो ।

याे पनि

सन्दीपमाथि बलात्कार आरोप : नाबालिकाको स्वास्थ्य परीक्षण गरियाे, थप अनुसन्धान हुँदै  

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १२:५०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।