काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै क्यानले बाँकी दुई टोलीबारे जानकारी दिएको हो ।
क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको रूपमा सार्वजनिक गरेको छ । फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ ।
त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्ट राज ज्ञवाली रहेका छन् । क्यानले यसअघि चार टोलीको नाम सार्वजनिक गरिसकेको थियो । जसमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स छन् ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यस अघि नै मान्यता दिइसकेको छ ।




















प्रतिक्रिया