सरकारले उपत्यकामा निशेधाज्ञा कडाइको सुरुवात गरेको छ । यसको सुरुवात बिहीबार साँझ ८ बजेबाट सवारी साधनमा रोक लगाएर गरिएको हो ।
मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा बिहीबार साँझदेखि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढेकोले यसलाई नियन्त्रण गर्न सवारीमा रोक लगाइएपनि उक्त समयमा अत्यावश्यक सवारी साधनहरु भने चलाउन पाइनेछ ।
जिल्ला प्रसाशन कार्यालय काठमाडौंकी सहाय प्रमुख अधिकारी कल्पना घिमिरेले नेपालले साँझ ८ बजेदेखि प्रतिवन्ध लगाइएको भन्दा पनि उक्त समयभित्र गन्तव्यमा पुग्न आग्रह गरेको बताइन् । अनलाइनपानालाई मंगलबारको निर्णको जानकारी गराउँदै अत्यावश्यक सवारीलाई जतिबेला पनि सञ्चालन गर्न दिएको बताइन् । साँझ ८ बजेको समय निर्धारण गरिएको भएपनि राती वा बिहान कति बजेदेखि चलाउन पाइने भन्ने बारे भने निर्णय नगरेको उनले बताईन् ।
बिहीबारदेखि लागू हुने गरी थपिएको निशेधाज्ञा भदौ ८ गतेसम्म कायम रहनेछ ।




















प्रतिक्रिया