Logo

खेलकुद

साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ९-० ले हराउँदै साविक विजेता भारत सेमिफाइनलमा



काठमाडौं । साविक विजेता भारत छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० गोल अन्तरले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको हो ।

भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन् ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १९:३१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।