Logo

खेलकुद

बायर्नसँग बार्सिलोना पराजित



काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ‘सी’ को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ । एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बार्यनले बार्सिलोनामाथि २-० गोलको सहज जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा लुकास हेर्नान्डेजले जोसुवा किममिचको पासमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यसको ४ मिनेट नबित्दै लेरोए सानेले जमल मुसिअलको पासमा अग्रता बनाए । अर्कोतर्फ बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले पटकपटक अवसर बनाएर पनि गोल फर्काउन नसक्दा खेल २-० गोलले बार्यनले जित्यो ।

त्यस्तै गएराति नै सम्पन्न समूह ‘सी’ कै अर्को खेलमा चेक क्लब भिक्टोरिया प्लजेन इटालियन क्लब इन्टरमिलानसँग २-० गोलले पराजित भयो । डोसन एरेनासमा सम्पन्न खेलमा घरेलु टोलीलाई हराउन इन्टर मिलानका एडिन जेको २० र डेनजेल डुमफ्राइसले ७० औं मिनेटमा गोल गरे । खेलको ६१ औं मिनेटमा पावेल बुच्चाले रेडकार्ड ब्यहोर्दा भिक्टोरिया १० खेलाडीमा सीमित भएको थियो ।

योसँगै लगातार दुई जित निकालेको बार्यन समूहको शीर्षस्थानमा छ भने समान ३ अंक जोडेका बार्सिलोना र इन्टर मिलान दोस्रो र तेस्रो स्थानमा छन् । लगातार दुई खेलमा पराजय ब्यहोरेको इन्टर मिलान अंकविहीन रहँदा तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ०६:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।