Logo

खेलकुद

च्याम्पियन्स लिगमा मेस्सीले तोडे रोनाल्डोको कीर्तिमान



एजेन्सी । लियोनेल मेस्सीले बुधबार च्याम्पियन्स लिगमा दुई कीर्तिमान राखेका छन् । बुधबार पीएसजीको लागि एक गोल गरेका मेस्सीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै क्लबविरुद्ध गोल गर्ने कीर्तिमान कायम गरेका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो कीर्तिमान कायम गरेका छन् । च्याम्पियन्स लिगमा मेस्सीले ३९ क्लबविरुद्ध गोल गरेका छन् ।

रोनाल्डोले ३८ क्लबविरुद्ध गोल गरेका छन् । मेस्सीले च्याम्पियन्स लिगमा आफूले खेलेका सबै १९ मुलुकको क्लबविरुद्ध गोल गरेका छन् । 

त्यस्तै मेस्सीले च्याम्पियन्स लिगको लगातार १८ औं सिजनमा गोल गर्ने अर्को कीर्तिमान पनि कायम गरेका छन् । उनले सन् २००५/०६ मा बार्सिलोनाको लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए ।

त्यसयता उनले निरन्तर च्याम्पियन्स लिगमा गोल गर्दै आएका छन् । यद्यपि समग्रमा च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भने रोनाल्डोको नाममा छ ।

उनले यो प्रतियोगितामा १४० गोल गरेका छन् । मेस्सीले भने अहिलेसम्म १२६ गोल मात्र गरेका छन् । उनी रोनाल्डोभन्दा १४ गोलले पछि छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०८:२९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।