नेपाली बजारमा आज मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ५ सयले घटेर ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन सोमबारको बजारमा ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया