काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । समानुपातिक तर्फ उम्मेदवार चयनको निर्णय गर्न पदाधिकारी बैठक सुरु भएको हो ।
उपमहासचिव हरिबोल गजुरेलले सबैतिरबाट सिफारिस भएर आएका नामहरु छानबिन गरेर क्लस्टर मिलाइ निर्वाचन आयोगमा बुझाउने बताए ।
गएरातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार (२ असोज) बाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार आजबाट राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नपर्नेछ ।
आयोगले आज र भोलि (२ र ३ असोज) बन्दसूची बुझाइसक्ने कार्यसूची सार्वजनिक गरेको छ ।




















प्रतिक्रिया