Logo

खेलकुद

बंगलादेश विरुद्धको उपाधि भिडन्तका लागि नेपालको सुरुआती–११ सार्वजनिक



काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती–११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११ को घोषणा गरेका हुन् ।

सुरुआती–११ मा फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल ५ः०० बजे सुरु हुनेछ ।

नेपालको सुरुआती–११ मा एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु, दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १६:४५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।