Logo

खेलकुद

साफ महिला च्याम्पियनसिप फाइनल : पहिलो हाफमा नेपाल २–० ले पछाडी



काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेशले २–० गोलको अग्रता बनाएको छ ।

खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे । खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाएकी छिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १७:५०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।