काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए ।
विगतमा भारत बाधक बन्दै आएकाे फाइनलमा यस पटक बंगलादेश तंगाराे बन्याे । ‘साफको उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ’ उनले भने । दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएकाे हाे ।




















प्रतिक्रिया