Logo

राजनीति

नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग रहेको आरोप लगाएका छन् । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि प्रमाणीकरण नगरेपछि बुधबार बिहान फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सचेत रहौं र संयमित बनौं, निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम’, उनले भनेका छन् । राष्ट्रपतिको कदमलाई उनले आफ्ना नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्यको रूपमा टिप्पणी गरेका छन् ।

‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लङ्घन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १२:२४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।