काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सार्वभौम संसद्ले पुनर्विचार गरेर पठाएको विषय राष्ट्रपतिले अस्वीकार गरेर नागरिकको म्यान्डेटलाई अपमान गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक संजालमा नेता पौडेलले राष्ट्रपतिको यो कदमबाट नागरिकको म्यान्डेट र सर्वोच्चतालाई अपमान गरेको उल्लेख गरेका छन् । ‘सार्वभौम संसदले पुनर्विचार गरेर पठाएको विषय राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन । जन–प्रतिनिधित्वको उपल्लो थलोलाई आलंकारिक राष्ट्रपतीले अवमूल्यन गर्नु भनेको नागरिकको म्यान्डेट र सर्वोच्चतालाई अपमान गर्नु हो’, उनले भनेका छन्, ‘यस्तो असंवैधानिक र स्वेच्छाचारी कदम घोर निन्दनीय छ ।’




















प्रतिक्रिया