Logo

राजनीति

राष्ट्रपतिको कदमबारे कानुनविद्हरुको राय लिँदै सत्ता गठबन्धन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । बिहान आन्तरिक छलफल गरेको गठबन्धनले दिउँसो ३ बजे कानुनविद्हरुसँग छलफल गर्न लागेका हो । त्यसका लागि कानुनविद्हरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो । कानुनविद्हरुको रायका आधारमा गठबन्धनले यसबारे आगामी कदम चाल्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १४:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।