काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उन बुधबार आफ्नै खर्चमा काठमाडौं आउन लागेका हुन् ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी आफ्नै खर्चमा ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । डा. केसी सरकारसँग विभिन्न विभिन्न ७ बुँदे माग राखेर १० दिनदेखि अनसनमा छन् ।
केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो ।सेतीले डा. केसीमा कडा खालको
अल्सरको लक्षण देखिएको र शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।




















प्रतिक्रिया