काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका छन् । उनले संवैधानिक राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई प्रमाणीकरण गर्न बाध्य हुने व्यवस्था रहेको भन्दै संवैधानिक दायित्व पूरा नगर्ने राष्ट्रपति पदमा बस्न नमिल्ने बताएका हुन् ।
बुधबार काठमाडौंमा नेपाल तमु संघको प्रथम राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले भिन्न मत राख्न नमिल्ने भन्दै प्रमाणीकरण गर्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था रहेको जिकिर गरे ।




















प्रतिक्रिया