काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम भएको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । राष्ट्रपतिको यो कदम असंवैधानिक मात्र नभई देशको सर्वोच्च तथा गरिमामय संस्थाको गरिमा नै भंग भएको टिप्पणी गरे ।
बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले भने, ‘संसद्बाट दोश्रोपटक पारित भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ । तर, त्यसको पालना नगर्नु भनेको असंवैधानिक कदम हो । यसबाट राष्ट्रपति कार्यालय जस्तो संस्थाको गरिमा समेत उल्लंघन भएको देखिएको छ ।’
पूर्वराष्ट्रपति डा. यादवले पाँच दलीय सत्ता गठबन्धन, नागरिक समाज र संचार जगतको संघर्षबाट तयार पारिएको नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइए पनि त्यसको प्रमाणीकरण दोस्रोपटक पनि नगरेर संविधान माथि नै प्रहार भएकाले यसको अस्तित्व बचाउन आग्रह गरे । नागरिकता विधेयक पारित नगर्नु राष्ट्रपतिको यो कदमले देश फेरि प्रतिगमनतर्फ जान सक्ने भन्दै उनले सम्पूर्ण नेपाली जनतालाई सचेत हुन आग्रह समेत गरे ।




















प्रतिक्रिया