Logo

राजनीति

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा परेका सबै रिट आज एकमुष्ट सुनुवाइ हुँदै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको पाँच वटा रिट आज (शुक्रबार) सुनुवाइ हुँदै छ । संसद्का दुवै सदनले पुर्निविचार गरी दोस्रो पटक पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपतिले समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि त्यसलाई राष्ट्रपतिले उल्लंघन गरेको यी सबै रिट दर्ता भएका हुन् ।

राष्ट्रपतिलाई विपक्षी बनाउन नहुने संवैधानिक व्यवस्था भएकाले रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा दोस्रो पटक प्रमाणीकरणका लागि पेश गर्दा उक्त विधेयकलाई प्रमाणीकरण नगरी राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ ।

यी सबै रिटमाथि एकमुष्ट सुनुवाइ हुँदै छ । संसद्का दुवै सदनले पुनर्विचार गरेर भदौ २० गते दोस्रो पटक गएको विधेयक राष्ट्रपतिले संवैधानिक सयमसीमा (१५ दिन) भित्र प्रमाणीकरण नगरेपछि उनीमाथि संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:०७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।