Logo

राजनीति

नेकपा बहुमतका नेता पक्राउ, पेस्तोल र ग्रिनेड बरामद



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत का एक नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् । बहुमत पार्टी जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन)लाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

नलगाड नगरपालिका–६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एचजी लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद गरिएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए ।

पक्राउ परेका शाहीविरुद्ध जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:३०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।