Logo

प्रमुख समाचार

अनामनगर क्षेत्रका अवैध संरचना पनि चल्यो काठमाडाैं महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रका अवैध संरचनामा पनि डोजर चलाएको छ । बिहीबार वीर अस्पताल अगाडिका अवैध संरचना हटाएको महानगरले आज (शुक्रबार) अनामनगर क्षेत्रका अनधिकृत संरचनामा भत्काउन सुरु गरेको हो ।

डोजरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।महानगरपालिकाले

केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ । त्यसका लागि मानगरपालिकाले ३५ दिन अगाडि नै सूचना दिने गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १५:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।