काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ । बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो ।
भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो ।




















प्रतिक्रिया