Logo

स्वास्थ्य

२४ घण्टामा थपिए ३४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ३८ परीक्षण गर्दा ३ हजार ४०३ जना संक्रमित थपिएका हुन् ।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा   ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने  २१ सय ४ जना निको भएर फर्किएका छन् ।  

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।