काठमाडौं । युइएफए नेसन्स लिगमा नर्वेले पहिलाे हार बेहाेरेकाे छ । उसले गएराति लिग `बी´ अन्तर्गत समूह चारकाे खेलमा घरेलु टाेली स्लाेभेनियासँग २-१ काे हार बेहाेरेकाे हाे ।
सुरुवाती अग्रता जाेगाउन नसक्दा नर्वे स्तब्ध बन्न पुग्याे । स्टोजिस स्टेडियममा खेलकाे ४७ औं मिनेटमा एर्लिङ हालान्डले गाेल गर्दै पाहुना टाेलीई सुरुवाती अग्रता दिलाएका थिए ।
६९ औं मिनेटमा एन्द्रेज स्पोररले स्लाेभेनियालाई १-१ काे बराबरीमा ल्याए । ८१ औं मिनेटमा बेन्जामिन सेस्कोले गाेल गर्दै घरेलु टाेलीलाई २-१ काे राेमाञ्चक जित दिलाए ।
हारका बाबजुत पाँच खेलमा १० अंक जाेडेकाे नर्वे शीर्ष स्थानमा कायम रहँदा जित निकालेकाे स्लाेभेनिया समान खेलबाट पाँच अंकका साथ तेस्रोमा छ ।




















प्रतिक्रिया