काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरुको शुभच्छुक संगठन प्रेस चौतारी नेपालले रिर्पोटिङका क्रममा सर्लाहीमा दुई पत्रकारहरुमाथि भएको कुटपिट घटनाको निन्दा गरेको छ । रिर्पोटिङका लागि सर्लाहीको बागमती नगरपलिका पुगेका अनलाइनपाना डटकमका प्रधान सम्पादक नारायण अधिकारी र पत्रकार शालिक भट्टमाथि ४/५ जनाको समूहले सांघाति आक्रमण गरेका थिए ।
आइतबार प्रेस चौतारीका महासचिव हिरामान लामाले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशन/प्रशारण भएको समाचरमा चित्त नबुझे सम्बिन्धित निकायमा उजुरीगर्ने व्यवस्था हुँदाहुँदै पत्रकारद्वयमाथि आक्रमण गर्नु निन्दनीय छ ।’
साथै प्रेस जगतमाथिको धाकधम्की, आक्रमण र श्रमजीवी, सक्रिय पत्रकारमाथि आइपरेको संकटमा मुकदर्श नभई सशक्त आवाज उठाउन सम्पूर्ण प्रेस जगत, नागरिक समाज, मानवअधिकार आयोग, पेशागत संघसंगठनलाई आह्वानसमेत गरेको छ ।
रिपोर्टिङ सरेर काठमाडौं फर्कने क्रममा पत्रकारद्वयमाथि बाटोमा गाडी छेकेर ४/५ जनाको समूहका आएकाहरुले आफूहरु बागतमीका मेयर भरतकुमार थापाको मान्छे भन्दै कुटपिट गरेका थिए ।





















प्रतिक्रिया