काठमाडौं । पार्टी नेतृत्वले एकलौटी गरेको भन्दै असन्तुष्ट बनेका कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले पार्टी कार्यालयमा धर्ना दिने भएका छन् । सामेबार ठमेलमा बसेको डा. शेखर कोइराला समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा ध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै नेता कोइराला समूहका दोस्रो तहका नेताहरु छलफलमा जुट्दै आएका छन् ।
पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् ।
सोमबारको भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसी, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी थिए ।




















प्रतिक्रिया